शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोरङी र कञ्चनजंघा सेमिफाइनलमा

बिहिबार, १५ जेठ २०८२खेलपाटी संवाददाता
मोरङी र कञ्चनजंघा सेमिफाइनलमा
Loading ad...
mustang rice ad

पथरी, मोरङ। मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

काँकडभिट्टाको बी एन्ड एस क्रिकेट क्लबलाई २ विकेटले हराउँदै डाँस मोरङीले सेमिफाइनलमा स्थान बनायो।

टस हारेर पहिला ब्याटिङ गरेको काँकडभिट्टाले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। कालू यादवले २६ तथा आसिक राना मगरले ११ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

डाँस मोरङीका प्रदीप मण्डलले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। रोहित राजवंशी र उमर शानीले समान २/२ विकेट तथा आरके मण्डल र सुवास रोयले समान १/१ विकेट लिए।

९१ रनको लक्ष्य पछ्याउँदै डाँस मोरङीले १५.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। रोहित मण्डलले २४ रन र रोहित राजवंशीले १७ रन बनाए। काँकडभिट्टाका कालू यादवले ३ विकेट, शिव राजवंशी र प्रवेश कामतीले समान २/२ विकेट लिए। म्यान अफ द म्याच प्रदीप मण्डल घोषित भए।

झापाको ढुकुरपानी क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गर्‍यो। उमेर समुहका राष्ट्रीय खेलाडी दीपेश कडेल , कोशी प्रदेशका कप्तान फिर्दोस अन्सारीसहित अधिकाश खेलाडी लिएर मैदानमा उत्रिएको ढुकुरपानी पराजित बन्दै घर फर्कियो ।।

टस जितेर ब्याटिङ रोजेको ढुकुरपानीले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। सन्तोष कार्कीले ४१, श्रवण यादवले ३८ र दीपेश कडेलले १८ रन जोडे।

आयोजकतर्फ नितेश साहनीले ३ विकेट लिए भने नूरी निशार र अभि लिम्बूले २/२ विकेट तथा ज्ञानेन्द्र श्रेष्ठ र सुरज न्यौपानेले १/१ विकेट लिए।

१४७ रनको लक्ष्य आयोजकले १८ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुरज न्यौपानेले ४६, सोनु मण्डलले ४०, अभि लिम्बूले ३२ तथा नूरी निशारले १५ रनको योगदान दिए।

ढुकुरपानीका प्रशान्त यादवले ३ विकेट तथा फिर्दोस अन्सारी र श्रवण यादवले १/१ विकेट लिए। म्यान अफ द म्याच नूरी निशार घोषित भए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान