काठमाडौं। लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।
यो सिजन उनको तेस्रो अपराध हो। त्यसैले पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, ११ खेलाडीलाई १८ लाख रुपैयाँ र म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको छ।
यद्यपि, यो तेस्रो अपराध भए पनि उनलाई निलम्बन गरिएको छैन। यो नियम आइपिएल २०२५ अगाडि संशोधन गरिएको थियो। गत संस्करण तीनपल्ट यस्तो अपराध गरेपछि मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई एक खेलको प्रतिबन्ध लागेको थियो। त्यसैले यस सिजनको पहिलो खेल उनले खेल्न पाएनन्।
मंगलबार पन्तको अविजित ११८ (६१ बलमा) रनले पहिले ब्याटिङ गर्दै लखनऊलाई ३ विकेटको क्षतिमा २२८ रन दिएको थियो। तर, रोयल च्यालेन्जर्स बैंग्लुरुले विराट कोहलीको ५४ र जितेश शर्माको अविजित ८५ रनको मद्दतले आठ बल र छ विकेट बाँकी रहँदै लक्ष्य पूरा गर्यो।
यस सिजनमा १४ खेलबाट ६ जित र १२ अंकसहित लखनऊले १० टोली सहभागी प्रतियोगिता सातौं स्थानमा रहेर सक्काएको छ।