उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने
बुधबार, १४ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता जेठ १९ देखि सुर्खेतमा हुँदैछ। पहिलो दिन दुई खेल हुँदैछन्।
कर्णाली र मधेशबीचको खेल कालुञ्चोक क्रिकेट मैदानमा हुनेछ। अर्को खेलमा भने सुदूरपश्चिम र कोशी प्रदेश भिड्ने छन्। यो खेल भने वीरेन्द्रनगर क्रिकेट मैदानमा हुनेछ।
सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगितामा सात प्रदेश सहभागी हुनेछन्। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल असार ५ गते हुनेछ।







-1765627825694.jpeg&w=3840&q=75)





