काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ।
आइतबार राति सम्पन्न खेलमा हैदराबाद ११० रनले विजयी भएको हो। प्रतियोगिताको इतिहासमा कोलकाताको यो सबैभन्दा ठूलो हार हो।
दिल्लीको अरुण जेटली रंगशालामा भएको यो जितसँगै हैदराबादले आफ्नो सिजन छैटौं स्थानमा रहेर समाप्त गर्यो। डिफेन्डिङ च्याम्पियन कोलकाता आठौं स्थानमा रह्यो।
आइतबार हैदराबादले टस जितेर ब्याटिङ रोज्यो। हेनरिक क्लासेनको शतक र ट्राभिस हेडको अर्धशतकको आधारमा टोलीले ३ विकेट गुमाउँदै २७८ रन बनायो। सुनिल नायणले २ विकेट लिए। जवाफमा कोलकाता १६८ रनमा अलआउट भयो। हर्ष दुबे, इशान मालिङ्गा र जयदेव उनाडकटले ३/३ विकेट लिए।