काठमाडौं। राजस्थान रोयल्सले यो सिजनको आइपिएलमा जितका साथ समाप्त गरेको छ।
टोलीले आफ्नो अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो। १८८ रनको लक्ष्य रोयल्सले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो। अरुण जेटली क्रिकेट रंगशालामा राजस्थानले टस जितेर बलिङ रोजेको थियो।
ध्रुव जुरेलले मथिशा पाथिरानाको बलमा छक्का प्रहार गर्दै राजस्थानलाई जित दिलाए। उनी १२ बलमा ३१ रनमा अविजित रहे। वैभव सूर्यवंशी ५७ रन बनाएर आउट भए। सञ्जु सामसन ४१ रन बनाएर आउट भए। दुवैले ९८ रनको साझेदारी गरे।
ओपनर यशस्वी जयस्वालले १९ बलमा ३६ रन बनाए। रविचन्द्रन आश्विनले २ विकेट लिए।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन बनाए। उनले टी–२० मा ३५० छक्का पूरा गरे। धोनीबाहेक डेवाल्ड ब्रेभिसले ४२ र आयुष म्हात्रेले ४३ रन बनाए। शिवम दुबेले ३९ रन बनाए। युधवीर सिंह र आकाश माधवालले ३–३ विकेट लिए।