काठमाडौं। आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा आफ्नो स्थान सुनिश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झर्ने पक्का भएको हो।
आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाएक थियो। नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो।
अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ। उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।