बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

इन्टरले बार्सिलोनामाथि पुनः इतिहास दोहोर्‍याउला?

बुधबार, १७ बैशाख २०८२खेलपाटी संवाददाता
इन्टरले बार्सिलोनामाथि पुनः इतिहास दोहोर्‍याउला?
mustang rice ad

काठमाडौं। च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलान र बार्सिलोना आमनेसामने हुँदा सधैं केही अनौठो घटना घट्ने गर्छ।  

सन् २०१० मा यी दुई टोली एउटै चरणमा भिड्दै थिए। तर, उक्त खेलअघि आइसल्यान्डको एयाफ्याट्लायोकोट्लमा ज्वालामुखी विस्फोट हुँदा हवाइ मार्ग बन्द हुँदा बार्सिलोनाको टोली १५ घन्टाको लामो बस यात्रा गर्दै मिलान पुग्नुपरेको थियो। त्यो पहिलो लेगमा इन्टरले ३–१ को जित हात पारेको थियो।

दोस्रो लेगमा डिफेन्सिभ खेल प्रदर्शन गर्दै ३–२ को समग्र जितसहित फाइनल पुगेको थियो। यो त्यही सिजन हो, जुन सिजनमा जोसे मोरिन्होको नेतृत्वमा बायर्न म्युनिखलाई हराउँदै इन्टरले ऐतिहासिक ट्रेबल जितेको थियो।  

यसपटक इन्टरले यति कठिन यात्रा गर्न भने परेन। यद्यपि, सोमबार स्पेन र पोर्चुगलमा भएको विद्युत अवरोधले धेरै क्षेत्र अन्धकारमय भएको थियो। तर, मंगलबार बिहानसम्म स्पेनका अधिकांश ठाउँमा बिजुली पुन: आएको थियो। इन्टरको ‘चार्टर्ड फ्लाइट’ पनि निर्धारित समय अनुसार साँझ ५ बजे बार्सिलोना प्रस्थान गरेको थियो।  

बार्सिलोनाका १७ वर्षीय स्टार लमिन यमल भने विद्युत अवरोध भएको बेला क्लबको प्रशिक्षण केन्द्रमै अड्किएका थिए। ‘साँचै भन्नुपर्दा के गर्ने थाहा थिएन। सम्पूर्ण दिन टिमका साथीहरूसँग प्रशिक्षण केन्द्रमै बस्यौं। त्यो विद्युत अवरोधले सबैलाई झस्कायो। तर, अहिले हाम्रो ध्यान सेमिफाइनलमै केन्द्रित छ र हामी निकै मोटिभेटेड छौं,’ उनले भने।  

इन्टरका प्रशिक्षक सिमोने इन्जाघी पनि आफ्नो टिमले आत्मबल पुनः पाओस् भन्ने आशामा छन्।  इन्टर हाल निकै खराब लयमा छ। पछिल्ला तीन खेलमा कुनै पनि गोल नगरी लगातार हार बेहोरेको यो १३ वर्षपछि पहिलो पटक हो।

बायर्न म्युनिखसँग २–२ को बराबरीपछि इन्टरले सिरि एमा बोलोना र रोमासँग १–० ले हार बेहोरेको थियो। कोपा इटालियाको दोस्रो लेगमा एसी मिलानसँग ३–० ले पराजित भयो।  

यसले गर्दा इन्टर सिरि ए तालिकाको शीर्ष स्थानबाट तल झरेको छ। योसँगै इन्टर नेपोलीसँग तीन अंकले पछाडि परेको छ। ‘हामी सधैं महत्वाकांक्षी रहन्छौं। लिग अब हाम्रो नियन्त्रणमा छैन, तर च्याम्पियन्स लिगमा हामी युरोपका उत्कृष्ट चार टोलीमध्ये एक हौं,’ प्रशिक्षक इन्जाघीले भने, ‘पछिल्ला केही नतिजा खराब भए पनि टिमको अवस्था ठीक छ। खेलाडीहरू भोकाएका छन्, आत्मविश्वासका साथ सेमिफाइनल खेल्न जाँदैछन्।’  

यी तीन हारको मुख्य कारण थियो– मार्कस थुरामको अनुपस्थिती। बायाँ तिघ्राको चोटका कारण मैदान बाहिर रहेका थुरामले इन्टरका लागि यस सिजन १७ गोल र ९ असिस्ट दिएका छन्। लाउटारो मार्टिनेज थकित देखिएका छन् भने थुरामको स्थान लिएका मार्को आर्नाउटोभिच प्रभावहीन रहे।  

तर, अहिले थुराम प्रशिक्षणमा फर्किएका छन्। यद्यपि, उनी बुधबारको खेलमा सुरुआती ११ मा हुन्छन् या हुँदैनन् अझै खुलेको छैन।  ‘थुराम पहिलोपटक टिमसँग प्रशिक्षणमा फर्किए। बायर्नविरुद्धको खेलपछि उनलाई देखिएको थिएन,’ इन्जाघीले भने, ‘हामीले केही छोटो प्रशिक्षण गर्यौं, उनी सकारात्मक देखिए। तर, म फेरि मूल्यांकन गर्छु र उहाँसँग कुरा गर्नेछु।’  

इन्टर तीन सिजनभित्र दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने प्रयासमा छ। सन् २०२३ मा उनीहरू म्यानचेस्टर सिटीसँग फाइनलमा इन्टर पराजित भएको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

Bajaj Pulsar Motorcycle Ad
‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली