लिभरपुललाई २०औं प्रिमियर लिग उपाधि
सोमबार, बैशाख १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं । लिभरपुलले २०औंपल्ट इङ्लिस प्रिमियर लिगको उपाधि उचालेको छ ।
आइतबार राति सम्पन्न खेलमा टोटनहमलाई ५–१ ले पराजित गर्दै लिभरपुल चार खेलअघि उपाधि हात पारेको हो।
शीर्ष स्थानको लिभरपुलको ३४ खेलमा ८२ अंक पुगेको छ। समान खेलबाट ६७ अंकका साथ आर्सनल दोस्रो स्थानमा रह्यो । टोटनहम भने ३७ अंकसहित १६औं स्थानमा छ।













