काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्यान्डसँग मैत्रीपूूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
नेपालले एक अन्तर्राष्ट्रिय र एक अनौपचारिक फुटबल खेल्न लागेको हो।
पहिलो खेल मे ३० मा हुनेछ भने दोस्रो जुन २ मा हुनेछ। दुवै खेल बैंककमा हुनेछन्।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीहरूको प्रारम्भिक टोली घोषणा गरिसकेका छन्। टोलीले मे ४ देखि बन्द प्रशिक्षण सुरू गर्नेछ।