४८ खेलाडी बन्द प्रशिक्षणमा
आइतबार, बैशाख १४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट खेल्न ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीहरूको प्रारम्भिक टोली घोषणा गरेका हुन्। टोली मे ४ देखि बन्द प्रशिक्षण सुरू गर्नेछ।
छनोटको तयारीका क्रममा नेपालले थाइल्यान्डसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। पहिलो खेल मे ३० मा हुनेछ भने दोस्रो जुन २ मा हुनेछ। दुवै खेल बैंककमा हुनेछन्।













