अपराजित रहेर सिजन समाप्त गर्नेतर्फ पिएसजी
-1745084307.webp&w=3840&q=75)
काठमाडौं। पहिले नै लिग वानको उपाधि सुनिश्चित गरिसकेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिबारमा लो हाभ्रेमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ।
योसँगै पिएसजी अपराजित रहेर यस सिजन समाप्त गर्नेतर्फ अघि बढेको छ। प्रशिक्षक लुइस एनरिकले यस खेलमा शीर्ष स्कोरर उस्मान डेम्बेले (२१ गोल) लाई विश्राम दिएका थिए। उनको स्थान १७ वर्षीय स्ट्राइकर इब्राहिम एमबायेले लिएका थिए।
खेलको सुरुआतमै १८ वर्षीय डेजाइरे डुएले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। दोस्रो हाफमा गोन्सालो रामोसले सजिलै ट्याप इन गर्दै स्कोर २–० बनाए।
६०औं मिनेटमा इस्सा सुमारेलाई कर्नरबाट हेडरमार्फत गोल गर्दै लो हाभ्रेलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, बाँकी समयमा पिएसजीले अग्रता जोगाउन सफल भयो। लो हाभ्रे अहिले पनि १६औं स्थानमा छ र रेलिगेसन प्लेअफको दबाबमा रहेको छ।
यस जितसँगै पिएसजी अपराजित रहँदै क्लब इतिहासको पहिलो ट्रेबल (तीन उपाधि एकै सिजनमा) नजिक पुगेको छ। अप्रिल २९ मा आर्सनलसँग च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग खेल्नेछ। मे २४ मा रिम्सविरुद्ध फ्रेन्च कप फाइनल खेल्नेछ।