शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालको लगातार दाेस्राे जित

सोमबार, ०१ बैशाख २०८२खेलपाटी संवाददाता
नेपालको लगातार दाेस्राे जित
Loading ad...
mustang rice ad

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा  लगातार दोस्रो जित हासिल गरेको छ।

सोमबार सम्पन्न खेलमा नेपालले पाहुना टोली ओमानलाई आठ विकेटले पराजित गरेको हो। जितसँगै दोस्रो स्थानमा रहेको नेपालले दुई खेलबाट चार अंक पुर्‍याएको छ।

नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले हराएको थियो। ओमानको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले पराजित गरेको थियो।

ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।  नेपाललाई लगातार दोस्रो जित दिलाउन ओपनर नीरजकुमार यादवले सर्वाधिक ४६ रन बनाए।

३१ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर साहिल पटेलले ४२ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

यी दुईबीच पहिलो विकेटका लागि ८५ रनको विशाल साझेदारी भएको थियो। नीरज ९.६ ओभरमा सौम्य भाविनको बलमा वर्षित साईबाट क्याच भए। साहिल भने १३.३ ओभरमा नेपालको स्कोर बोर्डमा १०६ रन हुँदा सौम्यकै बलमा हेमा रमेशबाट क्याच आउट भए। 

त्यसपछि क्रिजमा आएका कप्तान नरेन भट्टले १२ र सन्तोष यादवले १० अविजित रन बनाउँदै नेपालको जित पक्का गरे। ओमनका सौम्यले दुवै विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार गरेको थियो।

ओमानका जीत वज्रेश शाहले अर्धशतकीय इनिङ्स खेले। उनले ७८ बलमा चार चौकासहित ५२ रन बनाए। तर, उनको इनिङ्सले ओमानलाई पहिलो जित दिलाउन सकेन। ओपनर सिद्धार्थ शंकरले १६ र हेमा रमेशले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

ओमानलाई सस्तैमा रोक्न नेपालका युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए। सात ओभर बलिङ गरेका उनले दुई मेडनसहित १५ रन खर्चिए। 

सन्तोषको नाममा दुई विकेट रहँदा दयान्द मण्डल, अपराजित पौडेल र अशोक धामीको नाममा समान एक विकेट रह्यो।

जारी प्रतियोगितामा नेपाल र ओमानसहित अफगानिस्तान, युएई, र हङकङ सहभागी छन्। यस छनोटमा शीर्ष  दुईमा रहने टोली आगामी वर्षको यु–१९ विश्वकपमा छनोट हुनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक