पारालिम्पक गेम्समा पारा तेक्वान्दो समावेश हुने
मंगलबार, १५ माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं । फ्रान्सको पेरिसमा हुने पारालिम्पक गेम्समा पनि पारा तेक्वान्दो समावेश हुने भएको छ । अन्तर्राष्ट्रिय पारालिम्पक कमिटी आईपीसीको शुक्रबार बसेको बैठकले पारा तेक्वान्दोसहित अन्य २१ खेललाई पारालिम्पक गेम्समा समावेश गर्ने निर्णय गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
सन् २०२० मा जापानको टोकियोमा हुने पारालिम्पक गेम्समा पनि पारा तेक्वान्दोलाई समावेश गरी सकिएको छ । विश्व तेक्वान्दो महासंघका अध्यक्ष छुङवन छोउले पारा तेक्वान्दोलाई विश्वास गरी समावेश गरिएकोमा आईपीसीलाई धन्यवाद दिदै निर्णयको स्वागत गरेका छन् ।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)