मुम्बईको पहिलो जित

काठमाडौं। कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।
सोमबार सम्पन्न खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो। मुम्बईले यसअघि चेन्नई सुपर किङ्ससँग चार विकेट र गुजरात टाइटन्ससँग ३६ रनको पराजय बेहोरेको थियो।
कोलकाताको भने यो दोस्रो हार हो। कोलकाता यसअघि रोयल च्यालेन्जर्स बैंग्लुरुसँग सात विकेटले पराजित भएको थियो। तर, राजस्थान रोयल्ससँग आठ विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। यद्यपि, तेस्रो खेलमा कोलकाता पराजित हुन पुगेको हो।
कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाउँदै १२१ रन बनायो।
मुम्बईका रायन रिकेल्टोनले अवजित रहँदै सर्वाधिक ६२ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र पाँच छक्का प्रहार गरे। रोहित शर्मा १३ र विल ज्याक १६ रनमा आउट हुँदा सूर्यकुमार यादव २७ रनमा अविजित रहे।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए। २.५ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए।
त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो।
कोलकातालाई सस्तैमा रोक्न २३ वर्षीय पेसर अश्विन कुमारले घातक बलिङ गरे। तीन ओभर बलिङ गरेका उनले २४ रन खर्चिँदै सर्वाधिक चार विकेट लिए।
मुम्बईका अंगकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए। १६ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे।
रामनदीप सिंहले १२ बलमा एक चौका र दुई छक्कासहित २२ रन बनाए। मनीष पाण्ड्या १९, रिन्कु सिंह १७ र कप्तान अजिंक्य रहाणे ११ रनमा आउट भए। अन्यको ब्याटिङ भने चल्न सकेन।
मुम्बईबाट अश्विनबाहेक दीपक चाहरले दुई विकेट लिए। ट्रेन्ड बोल्ड, हार्दिक पाण्ड्या, विग्नेश पुथुर र मिचेल सान्टनेरको नाममा समान एक विकेट रह्यो।









-1775884046825.webp&w=3840&q=75)






-1775795080923.webp&w=3840&q=75)