राजस्थानले चेन्नईलाई दियो १८३ रनको लक्ष्य
आइतबार, चैत १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पहिलो जितको खोजिमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई १८२ रनको लक्ष्य दिएको छ।
बर्सापारा क्रिकेट रंगशाला, गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको हो।
राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए। ३६ बल खेलेका उनले १० चौका र पाँच छक्का प्रहार गरे। कप्तान रियान परागले २८ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए।
सञ्जु साम्सन २० र शिमरन हेटमायर १९ रनमा आउट भए। अन्य ब्याटरको ब्याट चल्न सकेन।
चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए।








-1762758084543.jpg&w=3840&q=75)





