चलेन सुनील र हम्जाको जादु
मंगलबार, १२ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेशले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भारतलाई गोलरहित बराबरीमा रोकेको छ।
शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा मंगलबार सम्पन्न समूह ‘सी’ को पहिलो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। भारतले यही प्रतियोगिताका लागि सन्न्यास लिइसकेका ४० वर्षीय सुनील क्षेत्रीलाई फिर्ता ल्याएको थियो। यस्तै, बंगलादेशले इङ्लिस प्रिमियर लिग खेल्दै आएका हम्जा चौधरीलाई अन्तिम समयमा टोलीमा समेटेको थियो।
तर, पहिलो खेलमा सुनील र हम्जा दुवैको जादु चल्न सकेन र खेल गोलरहित बराबरीमा सकियो।









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)

-1777647615809.jpeg&w=3840&q=75)