धिरेन्द्रको निर्णायक गोलसँगै सरस्वतीको दोस्रो जित
बिहिबार, ०७ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। धिरेन्द्रबहादुर साहको निर्णायक गोलसँगै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा सरस्वतीले नयाँ बस्ती युथ क्लबलाई १–० ले पराजित गरेको हो।
जितसँगै सरस्वतीले दुई खेलबाट ६ अंक पुर्याएको छ। नयाँ बस्तीको समान खेलबाट एक अंक छ। सरस्वतीलाई जित दिलाउन धिरेन्द्रले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको ४४औं मिनेटमा गरेका हुन्। सविन लुंगेली मगरले दिएको बललाई धिरेन्द्रले सहजै गोल गरे। योसँगै लिगको दोस्रो चरण समाप्त भएको छ।






-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)






-1765118145135.jpg&w=3840&q=75)