प्रहरीलाई स्तब्ध बनाउँदै पेमा सेमिफाइनलमा
सोमबार, चैत ३, २०८१खेलपाटी संवाददाता
-1742217304.jpg&w=3840&q=75)
विराटनगर। घरेलु टिम पेमा स्पोर्टिङ क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा पेमाले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० ले पराजित गरेको हो।
पेमाका हरि खवास र अनिल परियारले समान एक गोल गरे। ४९औं मिनेटमा अनिलले निकालिदिएको पासलाई हरिले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै अनिलले अग्रता दोब्बर बनाए।
६८औं मिनेटमा पेनाल्टी भित्रबाट गरेको प्रहार प्रहरीको गोलकिपर वाल्मीकि राईलाई लागेर फर्कियो। रिबाउन्डमा अनिले पोस्टको दिशा दिए। उनले गरेको गोल नै टिमको जित सुनिश्चित भयो।
प्लेयर अफ म्याच पेमाका अनिल घोषित र नगद दुई हजार एक सय रुपैयाँ प्राप्त गरे।