माभ्लोनोभ चितवनमा
शनिबार, ०२ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले उज्बेकिस्तानी मिडफिल्डर नोडिरबेक माभ्लोनोभलाई भित्र्याएको छ।
२९ वर्षीय माभ्लोनोभलाई चितवनले तेस्रो संस्करणका लागि टोलीमा भित्र्याएको हो। उनले उज्बेकिस्तानको यु–२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।
उनले बंगलादेशक ब्रदर्श युनाइटेड, शेख जमाल, स्वाधिन्ताजस्ता क्लबबाट लिग खेलेका छन्। यस्तै, उनीसँग उज्बेकिस्तानको घरेलु लिगको पनि अनुभव छ।
चितवनले एनएसको पहिलो खेलमा पोखरा थन्डर्सलाई चुनौती पेस गर्नेछ। यी दुईबीचको खेल चैत १८ गते हुनेछ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

