मेसी र सुआरेजको गोलसँगै मियामी क्वार्टरफाइनलमा
शुक्रबार, फागुन ३०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान लिओनल मेसी फर्किएको खेलमा इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपमा काभेलियर फुटबल क्लबलाई शुक्रबार पराजित गरेको छ।
नेसनल स्टेडियममा शुक्रबार भएको खेलमा मियामीले २–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। समग्रमा मियामी ४–० ले विजयी भयो। पहिलो लेगमा मियामीले २–० को जित हात पारेको थियो।
उक्त खेलमा मेसी उपस्थित थिएनन्। खेलको ३७औं मिनेटमा लुइस सुआरेजको गोलमार्फत मियामीले सुरुआती अग्रता लिएको थियो। उनले पेनाल्टीमा गोल गरेका हुन्।
दोस्रो हाफको इन्जुरी समयमा मेसीले अर्को गोल थप्दै टोलीको सहज जित पक्का गरे।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

