आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

६० वर्षपछि घरेलु मैदानमा युभेन्टसको अपमानजनक हार

सोमबार, २६ फाल्गुण २०८१खेलपाटी संवाददाता
६० वर्षपछि घरेलु मैदानमा युभेन्टसको अपमानजनक हार
Loading ad...
mustang rice ad

काठमाडौं। एटालान्टाले आइतबार युभेन्टसलाई उसकै मैदानमा ४–० को फराकिलो अन्तरले पराजित गर्दै सिरी ‘ए’ लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

यो जितसँगै जियान पिएरो गास्पेरिनीको टोलीले ५८ अंक जोड्दै शीर्ष स्थानको इन्टर मिलानसँगको अंक दूरी तीनमा झारेको छ। भने युभेन्टस ५२ अंकसहित चौथो स्थानमा रह्यो।

स्ट्याटिस्टिक्स प्रदायक अप्टाकाअनुसार युभेन्टसको घरेलु मैदानमा ६० वर्षपछि पहिलो पटक चार गोलले पराजित भएको लिग खेल हो। अन्तिम पटक युभेन्टसलाई सन् १९६७ को अक्टोबरमा टोरिनोले ४–० ले हराएको थियो। यस पराजयपछि टुरिनस्थित एलिएन्ज स्टेडियममा उपस्थित समर्थकले निराश हुँदै आफ्नै टिममाथि गुनासो गरेका थिए।

‘यही नै फुटबल हो। जित र हार दुवै आउँछन्। युभेन्टस लगातार जित्दै आएको थियो, तर आज हाम्रो खेल पूर्ण रूपमा उत्कृष्ट रह्यो,’ एटालान्टा प्रशिक्षक गास्पेरिनीले भने।

खेलको सुरुआतमा दुवै टोलीले गोल गर्ने केही अवसरहरू सिर्जना गरेका थिए। आठौं मिनेटमा युभेन्टसका खेफ्रेन थुरामले पोस्टमाथि बल प्रहार गरे भने एटालान्टाका डेविडे जाप्पाकोस्टाको प्रहार बाहिरियो।

तर, खेलको २९औं मिनेटमा लिगको शीर्ष गोलकर्ता माटेओ रेटेगीले वेस्टन म्याकेनीको ह्यान्डबलपछि पाएको पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै एटालान्टालाई अग्रता दिलाए। यो उनको सिजनको २२औं लिग गोल थियो।

गोलपछि एटालान्टाले खेल आफ्नो नियन्त्रणमा लियो। एडेमोला लुकम्यानको प्रहार पोस्टमा लागेर बाहिरियो भने युभेन्टसका गोलकिपर मिकेले डी ग्रेगोरियोले केही महत्त्वपूर्ण बचाउ गरे।

तर, दोस्रो हाफको सुरुआतमै मार्टेन डे रोनले युभेन्टसका डिफेन्डर लोयड केलीको क्लियर गरिएको बललाई पोस्टमा राख्दै एटालान्टाको अग्रता दोब्बर बनाए।
६६औं मिनेटमा डेविडे जाप्पाकोस्टाले तेस्रो गोल गरे। सियाड कोलासिनाचले उत्कृष्ट ब्याक हिल पास दिएका थिए, जसलाई जाप्पाकोस्टाले सजिलै गोलमा परिणत गरे।

७७औं मिनेटमा दुसान व्लाहोभिच चिप्लिएर बल गुमाए, जसको फाइदा उठाउँदै लुकम्यानले पोस्टमा प्रहार गरे। उनको प्रहार युभेन्टसका डिफेन्डरलाई लागेर दिशा परिवर्तन भएपछि बल गोलकिपर डी ग्रेगोरियोलाई छलाउँदै जाली चुम्यो।

‘हामीले आज त्यस्तो टोलीसँग खेलेका थियौं, जसले हाम्रो गल्तीहरूको भरपुर फाइदा उठायो,’ युभेन्टसका प्रशिक्षक थिएगो मोट्टाले भने, ‘हामीले लुकम्यान जस्ता खेलाडीलाई काउन्टर एट्याक गर्न सहज अवसर दियौं। यस्तो हारपछि हामी निश्चित रूपमा दुःखी छौं। अब हामी उपाधि दौडबारे कुराकानी गर्ने छैनौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो