आर्मीलाई रोक्दै थ्री स्टार फाइनलमा
विराटनगर। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई रोक्दै थ्री स्टार क्लब नवौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरको सहिद रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा थ्री स्टार ३–२ ले विजयी भएको हो।
२०७४ सालमा पनि थ्री स्टारले फाइलनमा आर्मीलाई ३–० ले हराउँदै उपाधि उचालेको थियो। यसपल्ट भने सेमिफाइनलमै रोकेको हो।
जितसँगै उपाधिको लागि थ्री स्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
थ्री स्टारको जितमा प्रशान्त लिम्बू, दीपेश घले र नवीन लामाले समान एक गोल गरे। आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र नीरज चौधरीले समान एक गोल फर्काए।
थ्री स्टारले खेल सुरु भएको पहिलो मिनेटमै सुरूआती अग्रता लिएको थियो। दीपेश ले निकालेको क्रसलाई प्रशान्तले चलाखीपूर्ण ढंगले फिनिसिङ गरे।
२८औं मिनेटमा आशिष् चापागाईँले निकालेको पासलाई दीपेशले आकर्षक गोलमा परिणत गरी अग्रता दोब्बर बनाए। ८१औं नविनले गोल गर्दै थ्री स्टारको जित सुनिश्चत गरे। नवयुगले ८३औं मिनेटमा गोल गरे। अर्को गोल नीरजले पेनाल्टीबाट गरेका हुन्।












-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)