लमजुङ भेट्रान्स सेतोकाे विजयी सुरुआत
बुधबार, ०७ फाल्गुण २०८१खेलपाटी संवाददाता

लमजुङ। लमजुङ भेट्रान्स सेतोले दोस्रो लमजुङ भेट्रान्स फुटसल प्रतियोगिता विजयी सुरुआत गरेको छ।
बुधबार भएको उद्घाटन खेलमा सेतोले छाउदी हिमालयन टपलाई ९–२ले पराजित गरेको हो।
३५ वर्षमाथि खेलाडीको सहभागिता रहने प्रतियोगिताको विजेताले ५५ हजार ५५५ रुपैयाँ र खसी पाउने छन्। उपविजेताले भने ३३ हजार ३३३ रुपैयाँ र भाले प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ताले भने एक हजार १११ रुपैयाँ पाउने छन्।
उद्घाटन कार्यक्रममा आयोजक लमजुङ फुटसलले यु–१६ राष्ट्रिय महिला टोलीमा प्रतिनिधित्व गर्ने रेजिना लामा र आयुष गुरुङ र यु–१९ पुरुष फुटबल टोलीका पूर्व कप्तान जय गुरुङलाई सम्मान गरेको छ। यस्तै, यो प्रतियोगितामा सबैभन्दा बढी उमेरका ५२ वर्षीय चीनप्रसाद गुरुङलाई पनि सम्मान गरेको छ ।











-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)
