शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

लागुऔषध कारोबारी दावालाई कारबाही गर्न राखेपलाई मन्त्रालयको पत्र

शुक्रबार, २५ माघ २०८१खेलपाटी संवाददाता
लागुऔषध कारोबारी दावालाई कारबाही गर्न राखेपलाई मन्त्रालयको पत्र
mustang rice ad

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले लागुऔषध कारोबार मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ। 

पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट भएको फैसलाबमोजिम आवश्यक कारबाहीको लागि लेखी पठाइएकोमा हालसम्म पनि कुनै कारबाही नभएको भन्दै मन्त्रालयले राखेपलाई दावामाथि कारबाही गर्न शुक्रबार पत्र पठाएको हो।

‘पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनबाट भएको फैसलाबमोजिम आवश्यक कारबाहीको लागि लेखी पठाइएकोमा हालसम्म पनि कुनै कारबाही नभएकोले निजलाई उपाध्यक्ष पदबाट यथाशीघ्र बर्खास्त गरी पाउँ भनी माननीय युवा तथा खेलकुद मन्त्रीज्यूलाई सम्बोधन गरी पुनः यस मन्त्रालयमा उजुरी निवेदन प्राप्त हुन आएको हुँदा सम्मानित पुनरावेदन अदालत (हाल उच्च अदालत) को फैसलाबमोजिम आवश्यक कारबाही गरी यस मन्त्रालयमा जानकारी गराउनुहुन निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयका शाखा अधिकृत ईश्वर सिम्खडाले पठाएको पत्रमा भनिएको छ।

एन्फा उपाध्यक्ष दावा लागुऔषध कारोबारमा अदालतबाट दोषी ठहर व्यक्ति हुन्। उनलाई २०६१ भदौ २५ गते काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि २०६२ जेठ १० मा जिल्ला अदालतका न्यायाधीश मोहनरमण भट्टराईको इजलासले ६ महिना मात्र कैद सजायको फैसला गरेपछि १० महिना दुई दिन कैद बसेर मुक्त भएका थिए। 

जिल्ला अदालतको फैसला चित्तबुझ्दो नदेखिएपछि सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो। जिल्ला अदालतको फैसलामा दावा लागुऔषध प्रयोगकर्ता मात्र रहेको र कारोबारी नभएको उल्लेख थियो। तर, जिल्ला अदालतको उक्त फैसला पुनरावेदन अदालतले उल्ट्याएर सजाय सुनाएको थियो।

उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। त्यो फैसला चित्त नबुझे पूर्ण पाठ सार्वजनिक भएको मितिले ७० दिनभित्र सर्वोच्चमा पुनरावेदन गर्न सकिने व्यवस्था भए पनि दावा पुनरावेदनमा गएनन्। बरु उक्त फैसलाको २०६४ कात्तिक १२ गते म्याद तामेलीसमेत भएको देखिन्छ। उच्च अदालत पाटनका अनुसार दावाका एकाघरका दाजु केशव लामाले रितपूर्वक म्याद बुझेको कागजातबाट देखिएको छ।

दावा पुनरावेदनमा नगई फरार १७ वर्षदेखि फरार रहेको पुष्टि सर्वोच्चले पनि गरिसकेको छ। उनले चार वर्ष दुई महिना कैद भुक्तानी गर्न बाँकी छ। यति हुँदाहुँदै पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

Bajaj Pulsar Motorcycle Ad
लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत