बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सीताले पाँच विकेट लिए पनि नेपाल पराजित

आइतबार, माघ २०, २०८१खेलपाटी संवाददाता
सीताले पाँच विकेट लिए पनि नेपाल पराजित
Classic Tech Internet Ad

काठमाडौं। स्पिनर सीता रानामगरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए पनि नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय बेहोरेको छ। 

नेदरल्यान्ड्सले आइतबार घरेलु टोली नेपाललाई १५ रनले पराजित गरेको हो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २औ ओभरमा आठ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।

डच टोलीसँग नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा डच टोलीसँग नेपाल २० रनले पराजित भएको थियो। अर्को खेलमा नेपालले थाइल्यान्डलाई चार विकेटको जित सुम्पियो। डच टोलीको भने यो दोस्रो जित हो। यसअघि यो टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बल खेल्दै एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्का २३, पूजा महतो १८, कविता जोशी १४ र सीता रानामगरले अविजित १० रन बनाइन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्यान्ड्सकी कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाइन्। उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन्। हिथर सिगर्सले २६ तथा ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्केले समान २१ रन बनाए।

नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले १२ रन खर्चिँदै पाँच विकेट लिइन्। मनीषा उपाध्ययले दुई विकेट लिँदा कविता जैशी र इन्दु बर्माको नाममा समान एक/एक विकेट लियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

Bajaj Pulsar Motorcycle Ad
अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा