• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेबिनै उडान भरिरहेको पिएसजी
खेलपाटी संवाददाता
बिहीबार, माघ १०, २०८१ खेलपाटी संवाददाता
एमबाप्पेबिनै उडान भरिरहेको पिएसजी

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अन्ततः केलियन एमबाप्पेको अनुपस्थितिमा पनि च्याम्पियन्स लिगमा चम्किन सक्ने क्षमता देखाएको छ।

बुधबार राति म्यानचेस्टर सिटीविरुद्ध दोस्रो हाफमा २–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै ४–२ को महत्त्वपूर्ण जित निकाल्दै पिएसजीले आफ्नो सम्भावना बलियो बनाएको हो।

यो जितसँगै पिएसजी नयाँ स्वरूपको च्याम्पियन्स लिगको तालिकामा उकालो लाग्दै नकआउट चरणनजिक पुगेको छ भने सिटी संकटमा परेको छ। पिएसजीलाई अब अर्को साता स्टुटगार्टसँग बराबरी गरे मात्र पनि अगाडि बढ्न पर्याप्त हुनेछ। 

‘आजको प्रदर्शनले मलाई गर्व महसुस भएको छ। यस्तो टोली र प्रशिक्षकविरुद्ध खेल्दा हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो,’ पिएसजीका प्रशिक्षक लुइस एनरिकेले भने, ‘यो एक उत्कृष्ट प्रदर्शन थियो।’

पिएसजीको पुनः डिजाइन गरिएको आक्रमणले यसपटक एमबाप्पेको निर्भरता हटाउँदै चार फरक खेलाडीले गोल गरे। २२ वर्षीय ब्राडली बार्कोलाले एक गोल गर्दै फ्रेन्च खेलाडी उस्माने डेम्बेलेलाई अर्को गोलका लागि सहयोग गरे। २० वर्षीय मिडफिल्डर जोआओ नेभ्सले तेस्रो गोल हेडमार्फत गरे भने स्ट्राइकर गोनसालो रामोसले इन्जुरी समयमा चौथो गोल थपे।

‘टिममा जति प्रतिस्पर्धा धेरै हुन्छ, म त्यति नै खुसी हुन्छु। कुनै पनि खेलाडीले आफ्नो स्थान सुरक्षित ठान्न सक्दैन भन्ने यसले प्रमाणित गर्छ,’ एनरिकेले थपे। एमबाप्पे, नेयमार र लिओनल मेस्सीजस्ता स्टारहरूले भरिएको पिएसजीले विगतमा च्याम्पियन्स लिगको ठूलो मञ्चमा सफलताको खोजी गर्दा पटकपटक असफल हात पारेको थियो।

एम्बाप्पेले यसै सिजन रियल जाने निर्णय गरेपछि पिएसजीले च्याम्पियन्स लिगमा गोलको अभाव महसुस गर्दै आएको थियो। टोलीले सिटीको भ्रमणअघि ६ खेलमा मात्र ६ गोल गरेको थियो। तर, बुधबारको जितले टोलीको सामूहिक प्रयासले नतिजामा फरक पर्न सक्ने प्रमाणित गर्‍यो।

सिटीका प्रशिक्षक पेप गार्डिओलाले टोलीको प्रदर्शनलाई आलोचना नगरी पिएसजीको जितलाई श्रेय दिए। ‘हामीले यो स्वीकार गर्नुपर्छ। ट्रान्जिसनमा हामी उनीहरूको गतिसँग सामना गर्न सकेनौं,’ उनले भने, ‘पिएसजीले उत्कृष्ट प्रदर्शन गर्‍यो। टोलीका सबै खेलाडीले राम्रो खेले। यो कुनै एक खेलाडीको मात्र कुरा होइन।’

सिटी ५३औं मिनेटसम्म २–० ले अगाडि थियो। तर, बार्कोलाको प्रेरणादायी प्रदर्शनले पिएसजीलाई खेलमा फर्कायो। उनले साभिन्होलाई बिट गर्दै डेम्बेलेलाई उत्कृष्ट पास दिए, जसबाट गोल भयो। त्यसपछि बार्कोलाले नै डोउको प्रहार क्रसबारबाट फर्किएपछि रिबाउन्डमा गोल गरे।

नेभ्सले ७८औं मिनेटमा फ्रि किकलाई हेडरमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। रामोसले स्टपेज टाइममा गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

पिएसजीका अध्यक्ष नासेर अल–खेलाइफीले टोलीको प्रदर्शनको प्रशंसा गर्दै एनरिकेलाई विश्वकै उत्कृष्ट प्रशिक्षक माने। ‘हामी युवा टोली हौं, तर यो टोलीमा चरित्र छ। धेरैले हाम्रो टोलीलाई शंका गरेका थिए, तर मैले सधैं विश्वास राखेको थिएँ,’ उनले भने। एमबाप्पेको बिदाइले टोलीलाई कमजोर बनाएको मानिए पनि यो जितले वास्तविकता फरक रहेको देखाएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
umbro nepal
  • ताजा समाचार
  • खेल आज
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP