फाइनल राउन्डमा अपराजित एपिएफ

काठमाडौं। अपराजित रहँदै साबिक विजेता एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्ड सक्काएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पाखा लगाएको हो। योसँगै एपिएफले आठ खेलबाट २४ अंक पुर्याउँदै फाइनल राउन्ड सक्काएको हो। आर्मीले भने समान खेलबाट १६ अंक मात्रै जोड्न सक्यो।
पहिलो क्वालिफायरमा पनि यी दुई टोली नै भिड्ने छन्। यी दुईबीचको खेल शनिबार दशरथ रंगशालामा भिड्ने छन्।
खेलको २३औं मिनेटमै रश्मिकुमारी घिसिङको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। प्रीति राईले फ्रिकिकमार्फत दिएको बललाई रश्मिले हेडरमार्फत जाली चुमाएकी हुन्। जारी लिगमा उनको यो ३३औं गोल हो।
रश्मिकै पासमा ३८औं मिनेटमा कप्तान अनिता बस्नेतले अग्रता दोब्बर बनाइन्। ८३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै आर्मीलाई खेलमा फर्काउन खोजेपनि सफल हुन सकिनन्। उनले विमला चौधरीको क्रसमा हेडरमार्फत गोल गरेकी हुन्।








-1765173906909.webp&w=3840&q=75)



-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)