• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुस्माको ह्याट्रिकसँगै फर्कियो वालिङको आत्मसम्मान 
खेलपाटी संवाददाता
मंगलबार, माघ ८, २०८१ खेलपाटी संवाददाता
सुस्माको ह्याट्रिकसँगै फर्कियो वालिङको आत्मसम्मान 

काठमाडौं। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न खेल वालिङ नगरपालिकाको प्रतिष्ठासँग मात्रै जोडिएको थियो।

एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डका पछिल्ला सात खेलमा जितविहीन रहेको यो टोलीका लागि यो खेल आत्मसम्मान फर्काउने अवसर थियो। अघिल्लो खेलहरूमा खराब प्रदर्शनले पुछारमा रहेको टोलीले अन्तिम मौका उपयोग गर्दै बागमती युथ क्लबसँग बदला लिँदै आत्मसम्मान मात्रै फर्काएन, अपराजित यात्रालाई पनि पूर्णविराम पनि लगाउन सफल रह्यो। ३–१ को उक्त सानदार जितमा सुस्मा तामाङले ह्याट्रिक पूरा गरिन्।

योसँगै इलिमिनेटरमा प्रवेश गरिसकेको बागमतीले आठ खेलबाट चार अंक बटुल्दै फाइनल राउन्ड सक्काएको छ। बागमती पाँच टोली सहभागी प्रतियोगितामा चौथो स्थानमा रहन सफल भयो। समान खेल खेलेको वालिङले भने तीन अंकमा प्रतियोगितामा सक्कायो।

फाइनल राउन्ड खेल्न स्याङ्जा तथा सर्लाहीबाट आइपुगेका वालिङ र बागमती आ–आफ्ना महत्वाकांक्षासहित मैदानमा उत्रिएका हुन्। दुवै टोलीको साझा लक्ष्य थियो– विभागीय टोलीलाई रोक्ने र एक अर्कालाई पराजित गर्दै विजय हासिल गर्ने। तर, खेलको दौरान यी दुई टोलीको प्रदर्शनमा ठूलो भिन्नता देखियो।

बागमती आफ्नो योजनामा सफल हुँदै मैदानमा खरो उत्रियो। उसले विभागीय टोलीलाई जित निकाल्न मुस्किल मात्रै पारेन एक खेलमा त नेपाल पुलिस क्लबलाई गोलरहित बराबरी रोक्न पनि सफल भयो। अर्कोतर्फ आफ्नो प्रतिद्वन्द्वी वालिङलाई पहिलो लेगमा २–० ले पराजित गर्दै इलिमिनेटरमा स्थान सुरक्षित ग¥यो। वालिङ भने आफ्नो रणनीतिमा पूर्ण असफल रह्यो।

बागमतीलाई इलिमिनेटरसम्म पुर्‍याउन वालिङले सुम्पिएको त्यो हार नै काफी रह्यो। त्यो खेलमा वालिङले बागमतीलाई पहिलो हाफसम्म गोलरहित बराबरी रोक्न सफल भएको थियो। तर, दोस्रो हाफमा स्थिर प्रदर्शन गर्न नसक्दा इलिमिनेटरमा पुग्ने अवसर गुमायो।

यसपल्ट पनि एक समय बागमती खेलमा हाबी हुने संकेत देखाइसकेको थियो। अघिल्लो पल्टको भेटमा वालिङविरुद्ध गोल गरेकी अस्मिता खवासकै मुभमा बागमतीले यसपल्ट पनि सुरुआती अग्रता लिएको हो। उनले मध्य भागभन्दा केही माथिबाट निकालिदिएको थ्रु बललाई मन्दिरा राईले डिबक्सनजिकबाट उत्कृष्ट प्रहार गरेकी थिइन्। उनलाई रोक्ने भनेकै वालिङकी गोलकिपर राधिका वली मात्रै दिइन्। उनले उत्कृष्ट बचाउ गरिन्। तर, रिबाउन्डमा साहरा लिम्बूले बललाई जाली चुमाउँदै ४३औं मिनेटमा बागमतीलाई सुरुआती अग्रता दिलाइन्। 

निकै टाढाबाट प्रहार गरेको बल राधिकाले सहजै नियन्त्रणमा लिन सक्थिइन्। फेरि त्यो बलले दिशा मोडेको पनि होइन। राधिका जहाँ थिइन्, त्यहीँ बल झरेको थियो। तर, उनले अघिल्ला खेलमा जस्तै खराब किपिङ प्रस्तुत गरिन्। त्यसअघि वालिङले पनि अवसर माथि अवसर बुनिरहेको थियो। तर, उक्त अवसरलाई गोलमा परिणत गर्न सकेन। बागमतीले भने पाएको एक अवसरलाई सदुपयोग गर्दै अग्रता लियो। 

पुलिसलाई रोकेको बागमती एकदमै बलियो देखिएको थियो। त्यसमा डिफेन्सको प्रदर्शन तारिफयोग्य थियो। तर, प्रतियोगिताकै कमजोर टोली वालिङलाई दोस्रो हाफमा भने बागमतीले रोक्न सकेन। यसपल्ट सिन्धुपाल्चोक बाह्रविसेकी सुस्माले विपक्षीको बलियो डिफेन्स तहसनहस बनाउँदै पुनरागमन जित मात्रै दिलाइनन्, ह्याट्रिक पनि पूरा गरिन्।

सेमिहाङ्मा लिम्बूको मिस पासबाट प्राप्त बललाई मिना बोहराले दुई डिफेन्डरको चुनौतीलाई चिर्दै सुस्मालाई दिएकी थिइन्। उक्त बललाई अनमार्क सुस्माले ५७औं मिनेटमा गोलमा परिणत गर्दै वालिङलाई खेलमा फर्काइन्। सुस्माले दोस्रो हाफको सुरुआतदेखि नै बागमतीको पेनाल्टी एरियामा डिफेन्डरलाई निकै समस्या दिइरहेकी थिइन्। तर, उनको प्रहार एकदमै फितलो सावित भइरहेको थियो। उक्त गोलसँगै सुस्मा निकै आत्मविश्वासी देखिइन्।

७७औं मिनेटमा प्रहार गरेको बल माथिल्लो बारमा लागेर फर्किँदा सुस्मा अभागी सावित भइन्। तर, त्यसको एक मिनेटपछि कर्नरबाट आएको बललाई पिन पोइन्ट हेडरमार्फत उनले वालिङलाई २–१ को अग्रता दिलाइन्। त्यो हेडर अघिल्लोपल्ट बल बाहिरिएको ठिक मुनीबाटै गोलमा परिणत भयो। त्यसपछि पनि वालिङले लगातार आक्रमण बुनि नै रह्यो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सुक्रिया मियाँको प्रहारलाई राधिकाले ड्राइभ गर्दै बचाएकी थिइन्। तर, रिबाउन्डमा सुस्माले दोस्रो प्रयासमा गोल गरेकी हुन्। सुस्माको यो पहिलो ह्याट्रिक हो। त्यसपछि भने वालिङले बागमतीलाई खेलमा फर्किने अवसर दिएन र ३–१ को जित निकाल्यो।

वालिङका खेलाडी घर फर्किँदा बागमतीले भने यही मैदानमा दोस्रो क्वालिफायर पुग्न पुलिसलाई चुनौती प्रस्तुत गरिरहेको हुनेछ। दोस्रो लेगमा गोलरहित बराबरीमा रोक्न सफल भए पनि त्यसअघिको भेटमा बागमतीले २–० को हार बेहोरेको थियो। सम्भवतः पुलिस त्यही जितलाई दोहर्‍याउने लक्ष्यमा हुँदा बागमती भने बदला लिने दाउमा हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP