बागमती सुपर फोरमा, बाहिरियो कोशी
२०२५ जनवरी २१, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं। मधेशमाथि सानदार जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। बुधबार भएको खेलमा बागमती सात विकेटले विजयी भएको हो।
योसँगै तीन खेलमा चार अंक जोडेको बागमतीले समूह ‘बी’ बाट सुपार फोरमा स्थान पक्का गरेको हो। योसँगै साबिक उपविजेता कोशी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।