आर्मीको पोस्टमा एपिएफको १३ गोल
मंगलबार, ०८ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा यु–१६ युथ लिगअन्तर्गत विभागीय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लबविरुद्ध एकतर्फी जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एपिएफले १३–० को जित निकालेको हो।
एपिएफको जितमा सन्दीप पुलामी एक्लैले पाँच गोल गरे। अश्विन वाइबाले तीन र प्रेमबहादुर घलेले दुई गोल थपे। यस्तै, रितेश सुनार, तेन्जिङ शेर्पा र रमेश अधिकारीले एक/एक गोल गरे।
जितसँगै एपिएफले सात खेलमा १७ अंक पुर्याएको छ। साआर्मी अंकविहीन छ।






-1778148743099.webp&w=3840&q=75)





-1778080143092.jpeg&w=3840&q=75)
