सन्दीपलाई एक खेलको प्रतिबन्ध
मंगलबार, माघ ८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अनुशासनको कारवाही गरेको छ।
गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयमा उनलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले यसको पुष्टि गरेका हुन्। क्यानले उनलाई एक खेलका लागि प्रतिबन्ध लगाउँदै स्पष्टीकरणसमेत सोधेको छ।
‘सन्दीपले अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेका थिए। त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएकाले उनलाई कारबाही गरिएको हो,’ लामाले भने।
उनका अनुसार सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)