क्रिकेटकै शैलीमा फुटबल लिग !

काठमाडौं। नेपाली फुटबलको ऐतिहासिक विकासक्रममा एउटा नयाँ अध्याय थपिँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगलाई क्रिकेटको लोकप्रिय शैलीमा सञ्चालन गर्ने भएको छ।
क्रिकेटमा जस्तै फुटबल लिगमा पनि अब क्वालिफायर र इलिमिनेटर शैलीमा महिला लिग गर्न लागिएको हो। यो परिवर्तनले महिला फुटबललाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको बताइएको छ। यो स्वरूपले टिमहरूबीचको प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याउने एन्फाले विश्वास लिएको छ।
यसअघि यस्तो शैली फ्रेन्चाइजी लिगमा सीमित थियो। क्रिकेटतर्फ इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास (बिबिएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल)लगायत आयोजना हुँदै आएका थिए। यसैपाली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ (क्यान) ले यस्तै शैलीमा नेपाल प्रिमियर लिग (एनपिएल) पनि आयोजना गरेको थियो। फुटबलमा भने यो शैली नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले नेपाल सुपर लिग (एनएसएल) मार्फत भित्र्याएको हो। एनएसएलका दुई संस्करण ‘क्रिकेट शैली’ मा खेलाइएको थियो।
एन्फाका अनुसार पहिलो इलिमिनेटरमा विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लब भिड्ने छन्। यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा माघ ११ गते दिउँसो २ बजे हुनेछ।
त्यसपछि सिधै फाइनल प्रवेश गर्न साबिक विजेता एपिएफ र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यो खेल भने माघ १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। त्यस्तै, पहिलो दोस्रो क्वालिफायर माघ १४ र फाइनल माघ १६ मा हुने एन्फाले जनाएको छ। यी तीनवटै खेल दशरथ रंगशालामा हुनेछ।





-1778148743099.webp&w=3840&q=75)





-1778080143092.jpeg&w=3840&q=75)

