नेपाल खो–खो विश्वकपको सेमिफाइनलमा
शुक्रबार, माघ ४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेशमाथि सानदार जित निकाल्दै नेपाली पुरुष टोली प्रथम खो–खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको क्वार्टरफाइनलमा नेपालले शुक्रबार बंगलादेशमाथि ६७–१८ को सानदार जित हासिल गरेको हो। योसँगै नेपालले फाइनल प्रवेशका लागि इरानसँग खेल्ने भएको छ।
इरानले शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनलमा केन्यालाई ८६–१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। यी दुईबीचको खेल शनिबार हुनेछ।