• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सिमरा गोल्डकपको उपाधि कसको ?
नारायण क्षेत्री
शनिबार, माघ १२, २०७५ नारायण क्षेत्री
सिमरा गोल्डकपको उपाधि कसको ?
ट्रफी सार्वजनीक गर्दै आर्मीका प्रशिक्षक र थ्री स्टारका कप्तान र प्रशिक्षक । फोटो : शुनील गाउँले / खेलपाटी

बारा । रुस्लान दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) ‘ए’ डिभिजनका दुई क्लब त्रिभूवन आर्मी र थ्री स्टारबीच सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।

दुई पटकको विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रङ्गशालामा दोश्रोपटक फाइनल खेल्दैछ । थ्री स्टारलाई हराउँदै आर्मीले गत वर्ष दोश्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको थियो ।

२०७१ सालमा सम्पन्न छैठौं संस्करणको समेत विजेता रहेको आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो । आठौं संस्करणको फाइनलमा संकटा क्लबसंग पराजित हुँदै आर्मीले उपविजेताका रुपमा चित्त बुझाएको थियो ।

नवजनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै राष्ट्रियस्तरको प्रतियोगिता हो । सिमरा गोल्डकपको इतिहासमा मनाङ मस्र्याङ्दी क्लब र आर्मीले समान दुइ–दुइ पटक उपाधि उचालेका छन् । तर, लिग लगत्तै आयोजना भएकाले मनाङले यसवर्ष प्रतियोगितामा भाग लिएन ।

आर्मी तेश्रो पटक उपाधि जित्दै प्रतियोगिताको सर्वाधिक सफल टोली बन्ने प्रयासमा मैदानमा उत्रने छ भने दोश्रोपटक फाईनल यात्रा तय गरेको थ्रिस्टार आर्मीसंग गत वर्षको हारको बदला लिंदै उपाधि विजेताको सूचिमा सामेल हुने दाउँमा छ ।

एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति यूवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो । थ्री स्टारले फाइनल सम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो ।

सिमरा गोल्डकपमा यो पटक २ खेल खेल्ने क्रममा अहिलेसम्म गोल नखाएका थ्रीस्टारका गोलकिपर एलन न्यौपानेको नाममा सर्वाधिक क्लिनसिट रहेको छ । आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सुचीमा आगाडी छन् ।

शुक्रबार विहान सिमरा रङ्गशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए । आर्मीका तर्फबाट प्रशिक्षक नविन न्यौपाने र टिम म्यानेजर चुनबहादुर थापा तथा थ्रिस्टारका प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामा कन्फ्रेन्समा सहभागि थिए । आर्मीका कप्तान भरत खवास कन्फ्रेन्समा सहभागि भएनन् ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने बताए ।
‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचिमा नाम लेख्नुछ ।’ उनले भने । दुबै टिम जित्नका लागि मैदानमा उत्रने भन्दै उनले आफू आर्मीविरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा आउने बताए ।

आर्मी र थ्रीस्टार दुबै टिमका खेलाडीले सिमरामा स्तर अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुबै टिमको प्रदर्शनलाई प्रभावित गरेको बताए ।

‘आर्मीकै कुरा गर्दा कतिपय देखिनु पर्ने अनुहार टिममा छैनन्, थ्रीस्टारको पनि लिगपछि केहि खेलाडी बाहिरिएका छन् नयाँ आएका टिममा एडजस्ट हुन बाँकी छ’ उनले भने ।

थ्री स्टारका कप्तान विक्रम लामाले आर्मीसंग खेल्नु आफूका लागि एउटा अवसर समेत रहेको बताए । ‘उच्च फर्ममा रहेको आर्मीसंग खेल्दा हामीले केहि नयाँ कुरा सिक्ने अवसर समेत पाउँछौं’ उनले भने ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०÷५० हुने बताए । न्यौपाने भन्छन, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ । फाइनल पुग्ने दुबै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मेहनतको जरुरी पर्छ ।’

एक हप्ता अघि बीरगञ्जमा सम्पन्न विशाल मेमोरिएल गोल्डकपको उपाधि जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केहि खेलाडीलाई मिस गरेको बताए ।

‘लिगपछि नवयूग, दिनेश हेमजन जस्ता खेलाडी टिममा छैनन्, उनिहरुलाइ पक्कै मिस गरेका छौं, तर बीरगञ्जमा उनिहरु विनाको टिमले उपाधि जितिसकेकाले अरु खेलाडी पनि सक्षम छन् भन्ने सावित भइसकेको छ’ प्रशिक्षक न्यौपानेले भने ।

लिग पछिको यस सिजनमा पहिलोपटक नकाउट फुटबलमा भिड्न लागेकाले दुई टिमबीचको खेललाई महत्वका साथ लिएको आर्मीका प्रशिक्षक न्यौपानेले बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लिग पछिको यस सिजनमा आफूहरुले भाग लिएको २ वटा प्रतियोगिता मध्य दुबैमा फाइनल पुगेकाले टिमका खेलाडीमा उच्च मनोबल रहेको बताए ।

उपाधि रक्षाका लागि कडा संघर्ष गर्ने आर्मीका प्रशिक्षक नयौपानेको भनाई थियो । सिमरा गोल्डकपमा इतिहास बनाउन आफुले आर्मीविरुद्ध जित्ने रणनीतिका साथ खेल्ने थ्रीस्टारका प्रशिक्षक केसीको भनाई छ ।

यस सिजनको हेड टु हेड

‘ए’ डिभिजन लिग : १–१ को बराबरी

सिमरा गोल्डकपका हाल सम्मका विजेता र उपविजेता

प्रथम संस्करण २०६६ मजदुर शहिद स्मृति क्लब : गोर्खा व्वाइज बुटवल
दोश्रो संस्करण २०६७ हिमालयन शेर्पा क्लब : एपिएफ
तेश्रो संस्करण २०६८ मनाङ मस्र्याङदी क्लब : सहारा क्लब पोखरा
चौथो संस्करण २०६९ मनाङ मस्र्याङदी क्लब : हिमालयन शेर्पा क्लब
पाँचौ संस्करण २०७० नवजनजागृति यूवा क्लब सिमरा : वीरगञ्ज यूनाइटेड
छैठौं संस्करण २०७१ त्रिभूवन आर्मी क्लब : नेपाल पुलिस क्लब
सातौं संस्करण २०७२ विजय युथ क्लब हेटौंडा : रुपन्देही ११
आठौं संस्करण २०७३ सिएमजी संकटा क्लब : त्रिभूवन आर्मी क्लब
नवौं संस्करण २०७४ त्रिभूवन आर्मी क्लब : थ्रीस्टार क्लब

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
हक्कीमा आर्मीलाई दोहोरो उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP