एभरग्रीन, श्रीज्ञानोदय, सगरमाथा र श्रीभुम्रेकाे विजयी सुरुआत
सोमबार, पुष २९, २०८१मनोज थापा (हिमालयन मनोज)
काठमाडौं। यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगितामा पहिलो दिन एभरग्रीन, श्रीज्ञानोदय, सगरमाथा र श्रीभुम्रे स्कुलले विजयी सुरुआत गरेका छन्।
वालिङ फुटबल मैदानमा सोमबार भएको पहिलो खेलमा एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलले पायनियर्स हाई एजुकेसन एकेडेमीलाई ३–२ ले पराजित ग¥यो। एभरग्रीनको जितमा रिवज रानाले दुई गोल गरे। यस्तै एक गोल कुन्दन थापाले थपे। पानियर्सका लागि जीवन गुप्ता र निशान मगरले समान एक गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन।
अर्का खेलमा सन्जोग रानाकोे निर्णयक गोलमा श्रीज्ञानोदय इङ्लिस बोर्डिङ स्कुलले पूर्णामृत भवानी हाई स्कुललाई पाखा लगायो। सगरमाथा इङ्लिस बोर्डिङ स्कुलमा पनि दिवश श्रेष्ठले निर्णयक गोल गरे। दिनको चौथो तथा अन्तिम खेलमा आगमन नेपालीको दुई गोलमा श्रीभुम्रे सेकेन्डरी स्कुलले पिस जोनलाई २–१ ले नै हरायो।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


