नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग शृंखला खेल्ने
शनिबार, पुष २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ १७ गतेदेखि शृंखला हुन लागेको हो। शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्दै शृंखला सुरु गर्नेछ। १८ गते थाइल्यान्डसँग खेल्दै पहिलो चरणको खेल समाप्त गर्नेछ।
त्यसपछि दुई दिनको विश्राम लिएर नेपाली टोलीले माघ २१ गते पुन: नेदरल्यान्ड्ससँग खेल्दै दोस्रो चरण सुरु गर्नेछ। त्यसको भोलिपल्टै पुन: थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ।
त्यसपछि नेपालले माघ २४ गते नेदरल्यान्ड्स र २५ गते थाइल्यान्डसँग खेल्दै शृंखला सक्काउने छ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

