शाहब चम्किएसँगै मधेशविरुद्ध आर्मीलाई ठूलो अग्रता

काठमाडौं। शाहब आलमको कसिलो बलिङ र बसिर अहमद तथा भीम सार्कीको अर्धशतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष इलिट कपमा मधेश प्रदेशविरुद्ध १२१ रनको ठूलो अग्रता लिएको छ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलको पहिलो दिनको समाप्तिमा मधेशले १०२ रन मात्रै बनाउन सकेपछि आर्मीले अग्रता लिने मौका पाएको हो।
पहिलो इनिङ्समा आर्मीले नौ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। ९८ रन खेलेका बसिरले सात चौकासहित ६७ रन बनाए। भीमले ९३ बलमा ६ चौकासहित ५२ रन बनाए। ओपनर इमरान शेखले ४२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन्।
मधेशका रञ्जित कुमारले सर्वाधिक पाँच विकेट लिए। १६.३ ओभर बलिङ गरेका उनले तीन मेडनसहित ४४ रन खर्चिए। प्रदीप पासवानले दुई विकेट लिँदा अभिषेक तिवारी र हरिशंकर शाहको नाममा समान एक विकेट रह्यो।
जवाफी ब्याटिङमा आएको मधेशले टिकेर खेल्न सकेन। कप्तान हरिशंकर ३१, अभिषेक १३, मयन यादव ११ र प्रदीप १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।
आर्मीका शाहबले सर्वाधिक ६ विकेट लिए। १२ ओभर बलिङ गरेका उनले पाँच मेडनसहित ३७ रन खर्चिए। सोमपाल कामी, आकाश चन्द, बसिर र पवन कार्कीको नाममा समान एक विकेट रह्यो।
मधेशले दोस्रो इनिङ्स सुरु गरिसकेको छ। एक ओभर खेलेका मधेशका आइतबार हिमान्शु दत्तले दुई र मयनले दोस्रो इनिङ्स सुरु गर्नेछन्।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
