बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

पथरीमा मैदान निर्माण सुरु

शुक्रबार, २६ पौष २०८१अर्जुन काफ्ले
पथरीमा मैदान निर्माण सुरु
Loading ad...
mustang rice ad

पथरी। पहिला फुटबल र क्रिकेटका प्रतियोगिता विद्यालयका मैदानमा आयोजना गरिन्थे। तर, पछिल्लो समय विद्यालयका मैदान भवन निर्माणमा प्रयोग हुन थालेपछि ठूला प्रतियोगिताहरू विद्यालयमा गर्न छाडिएको छ।

यस्ता प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध पुर्‍याउने समस्या पनि देखिएपछि विकल्पका रूपमा नयाँ खेल मैदान निर्माण गर्न थालिएको हो।

पथरीशनिश्चरे–८ स्थित बुद्ध माध्यमिक विद्यालयको पछाडिको खाली जग्गामा खेल मैदान निर्माण कार्य सुरु गरिएको छ। करिब दुई बिघा क्षेत्रफलमा फैलिएको यो मैदान वडा कार्यालयको पहल र नगरपालिकाको सहयोगमा निर्माण हुँदैछ। ‘मैदान अभावको समस्या समाधान गर्न यो निर्माण थालिएको हो,’ वडाध्यक्ष नवीनजंग कार्कीले बताए। नगरपालिकाको सहकार्यमा निर्माणाधीन यो मैदान विद्यालयले समेत प्रयोग गर्न पाउनेछ।

निर्माण कार्य सकिएपछि आगामी वर्ष प्रतियोगिता आयोजना गर्ने लक्ष्य वडाध्यक्ष कार्कीले राखेका छन्। उनले यो मैदानलाई नगरको पहिचान झल्कने रंगशालाका रूपमा विकास गरिने बताए। मैदानमा पारापिटसहितको मञ्च निर्माण गरिनेछ। यो मैदान बन्ने स्थानमा पहिले केही बिरुवा र होली (ढिस्को) थियो। अहिले ती बिरुवाको व्यवस्थापन र होली पुर्नेसहित निर्माण कार्य थालिएको छ।

खेल मैदान निर्माणमा स्थानीय प्रभात सामुदायिक क्लबले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। क्लबका उपाध्यक्ष किसन राईले भने, ‘मैदान निर्माणपछि नियमित फुटबल प्रशिक्षण सुरु हुनेछ। रंगशाला बन्ने कुराले स्थानीय खेलाडीहरूमा ऊर्जा थपिएको छ।’

नगरपालिकाले निर्माण कार्यका लागि पहिलो चरणमा १० लाख रुपैयाँ उपलब्ध गराएको छ। वडाले पनि थप बजेट विनियोजन गर्नेछ। खेलकुद विभागबाट पनि बजेट ल्याएर यो मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने योजना रहेको छ। मैदान निर्माणमा जग्गा खरिद गर्न नपरेकोले सम्पूर्ण खर्च भौतिक पूर्वाधार निर्माणमा केन्द्रित गरिने वडाध्यक्ष कार्कीले बताए। मैदानको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय प्रभात सामुदायिक क्लबले लिने योजना बनाएको क्लब अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए।

खेल मैदानको अभावले स्थानीय खेलाडीहरूलाई प्रशिक्षणका लागि ६ किलोमिटर टाढा पथरी बजारसम्म जानुपर्ने बाध्यता थियो। अब मैदान निर्माण भएपछि स्थानीय खेलाडीहरूले आफ्नै वडामा सहज रूपमा प्रशिक्षण गर्न सक्नेछन्। स्थानीय खेलाडी सौर्य राउतले भन्छन्, ‘नजिकै मैदान हुनु फाइदाजनक हुन्छ। मैदान निर्माण र नियमित प्रशिक्षणले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत गर्छ।’

पथरीमा खेल मैदानको अभावकै कारण खेलाडीहरूलाई प्रशिक्षण र प्रतियोगितामा समस्या भएको थियो। अब वडामा निर्माण हुने रंगशालाले मोरङ जिल्लामा खेलकुदको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। निर्माणपछिको संरचनाले न केवल वडाका खेलाडीहरूलाई सहयोग पुर्‍याउनेछ, छिमेकी वडाका खेलाडीहरूलाई पनि आकर्षित गर्नेछ। निर्माणको सम्पूर्ण कार्य पूरा भएपछि मोरङको पथरीमा खेल मैदान अभावको समस्या केही हदसम्म समाधान हुने विश्वास लिइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता