• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पथरीमा मैदान निर्माण सुरु
अर्जुन काफ्ले
शुक्रबार, पुस २६, २०८१ अर्जुन काफ्ले
पथरीमा मैदान निर्माण सुरु

पथरी। पहिला फुटबल र क्रिकेटका प्रतियोगिता विद्यालयका मैदानमा आयोजना गरिन्थे। तर, पछिल्लो समय विद्यालयका मैदान भवन निर्माणमा प्रयोग हुन थालेपछि ठूला प्रतियोगिताहरू विद्यालयमा गर्न छाडिएको छ।

यस्ता प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध पुर्‍याउने समस्या पनि देखिएपछि विकल्पका रूपमा नयाँ खेल मैदान निर्माण गर्न थालिएको हो।

पथरीशनिश्चरे–८ स्थित बुद्ध माध्यमिक विद्यालयको पछाडिको खाली जग्गामा खेल मैदान निर्माण कार्य सुरु गरिएको छ। करिब दुई बिघा क्षेत्रफलमा फैलिएको यो मैदान वडा कार्यालयको पहल र नगरपालिकाको सहयोगमा निर्माण हुँदैछ। ‘मैदान अभावको समस्या समाधान गर्न यो निर्माण थालिएको हो,’ वडाध्यक्ष नवीनजंग कार्कीले बताए। नगरपालिकाको सहकार्यमा निर्माणाधीन यो मैदान विद्यालयले समेत प्रयोग गर्न पाउनेछ।

निर्माण कार्य सकिएपछि आगामी वर्ष प्रतियोगिता आयोजना गर्ने लक्ष्य वडाध्यक्ष कार्कीले राखेका छन्। उनले यो मैदानलाई नगरको पहिचान झल्कने रंगशालाका रूपमा विकास गरिने बताए। मैदानमा पारापिटसहितको मञ्च निर्माण गरिनेछ। यो मैदान बन्ने स्थानमा पहिले केही बिरुवा र होली (ढिस्को) थियो। अहिले ती बिरुवाको व्यवस्थापन र होली पुर्नेसहित निर्माण कार्य थालिएको छ।

खेल मैदान निर्माणमा स्थानीय प्रभात सामुदायिक क्लबले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। क्लबका उपाध्यक्ष किसन राईले भने, ‘मैदान निर्माणपछि नियमित फुटबल प्रशिक्षण सुरु हुनेछ। रंगशाला बन्ने कुराले स्थानीय खेलाडीहरूमा ऊर्जा थपिएको छ।’

नगरपालिकाले निर्माण कार्यका लागि पहिलो चरणमा १० लाख रुपैयाँ उपलब्ध गराएको छ। वडाले पनि थप बजेट विनियोजन गर्नेछ। खेलकुद विभागबाट पनि बजेट ल्याएर यो मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने योजना रहेको छ। मैदान निर्माणमा जग्गा खरिद गर्न नपरेकोले सम्पूर्ण खर्च भौतिक पूर्वाधार निर्माणमा केन्द्रित गरिने वडाध्यक्ष कार्कीले बताए। मैदानको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय प्रभात सामुदायिक क्लबले लिने योजना बनाएको क्लब अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए।

खेल मैदानको अभावले स्थानीय खेलाडीहरूलाई प्रशिक्षणका लागि ६ किलोमिटर टाढा पथरी बजारसम्म जानुपर्ने बाध्यता थियो। अब मैदान निर्माण भएपछि स्थानीय खेलाडीहरूले आफ्नै वडामा सहज रूपमा प्रशिक्षण गर्न सक्नेछन्। स्थानीय खेलाडी सौर्य राउतले भन्छन्, ‘नजिकै मैदान हुनु फाइदाजनक हुन्छ। मैदान निर्माण र नियमित प्रशिक्षणले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत गर्छ।’

पथरीमा खेल मैदानको अभावकै कारण खेलाडीहरूलाई प्रशिक्षण र प्रतियोगितामा समस्या भएको थियो। अब वडामा निर्माण हुने रंगशालाले मोरङ जिल्लामा खेलकुदको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। निर्माणपछिको संरचनाले न केवल वडाका खेलाडीहरूलाई सहयोग पुर्‍याउनेछ, छिमेकी वडाका खेलाडीहरूलाई पनि आकर्षित गर्नेछ। निर्माणको सम्पूर्ण कार्य पूरा भएपछि मोरङको पथरीमा खेल मैदान अभावको समस्या केही हदसम्म समाधान हुने विश्वास लिइएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP