एनकेएलको टिकेटिङ पार्टनरमा खल्ती
बिहिबार, पुष २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) का आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको छ। यसअनुसार एनकेएलको टिकट बिक्री खल्ती एममार्फत् गरिनेछ ।
सम्झौतापत्रमा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित कुमार बेगानी र खल्तीका चिफ विजनेस अफिसर अविनाश गुप्ताले हस्ताक्षर गरे । फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएल माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।