बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा पहिरो, उपाध्यक्ष राणाले दिए राजीनामा

बुधबार, २४ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिकमा पहिरो, उपाध्यक्ष राणाले दिए राजीनामा
Loading ad...
mustang rice ad

काठमाडौं । विवादीत बनेको नेपाल ओलम्पिक कमिटीको नयाँ निर्वाचनबाट बनेको कार्यसमितिमा पहिरो जान सुरु भएको छ । 

अवैधानिक तरिकाले जबर्जस्ती रुपमा अध्यक्ष जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित प्रकाश शमशेर राणाले पदबाट राजीनामा दिएका छन् ।

अदालतमा विचाराधिन अपहेलनाको मुद्धा र सरकारले समेत कारबाहीको तयारी गरेपछि नेपाल तेक्वान्दो संघका अध्यक्ष समेतत रहेका राणाले पदबाट राजीनामा दिएका छन् ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीलाई गुमराहमा राख्दै जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट राणालाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

कानुनी जोखिम र सरकारको कारबाहीबाट बच्न राणाले पदबाट राजीनामा दिएको ओलम्पिक स्रोतले बताएको छ । 

नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले अदालतको सम्मान र सरकारको निर्देशन पालना गर्दै अध्यक्षले एनओसीको उपाध्यक्ष पदबाट राजीनामा दिएको खेलपाटीलाई बताए । 

'विधान अनुसारनै तेक्वान्दोबाट अध्यक्ष ओलम्पिक निर्वाचनमा सहभागी हुनभएको हो । अदालतले ओलम्पिकलाई विधान संशोधन सहित निर्वाचन रोक्न निर्देशन दियो । त्यो ओलम्पिकको विषय थियो, संघ वा प्रतिनिधिको विषय थिएन । तर अदालतको आदेश अनुसार खेलकुदको कार्यकारी निकायले निर्देशन दिएपछि त्यसको पालना गर्नुपर्छ भनेर अध्यक्षले राजीनामा दिनुभएको छ । उहाँको राजीनामालाई नेपाल तेक्वान्दो संघको बोर्ड बैठकले जानकारीमा लिएको छ ।' गुरुङले भने । 

गुरुङका अनुसार उम्मेदवारी मनोनयन गराएर राणा भारत गएका थिए । भारतमै रहदाँ उनी प्रकृयामा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । राणा भारतबाट फर्किएपछि अदालती आदेशको सम्मान र सरकारको निर्देशन पालना गर्दै ओलम्पिक उपाध्यक्षबाट राजीनामा दिएका हुन् ।

अदालतको आदेश र सरकारको निर्देशनको अवज्ञा गर्दै आईओसीलाई समेत गुमराहमा राखेर जीवनराम श्रेष्ठले अनलाईनबाट कर्मकान्डी रुपमा निर्वाचनको प्रकृया पुरा गरेका थिए । अन्तिम मतदान प्रकृयालाई निर्विरोध उपाध्यक्ष बनेका अनिल शर्मा र सदस्य मनिष जोशी सहित ७ जनाले वहिष्कार गरेका थिए ।

जीवनराम श्रेष्ठको अवैधानिक चुनावमा सहभागी बन्ने २७ संघलाई सरकारले स्पष्टिकरण सोधेर कारबाहीको तयारी गरेको छ । साथै अदालती आदेशको अवहेलनाको मुद्धालाई समेत प्राथमिकताका साथ अघि बढाउने तयारीको तयारी छ । 

आईओसीको सुझाव विपरित जबर्जस्ती गरिएको विधान संशोधन र अस्विकृत विधानमा टेकेर गरिएको निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छैन । 

ओलम्पिकको उपाध्यक्ष पदबाट राजीनामा दिएका राणा नेपाली कांग्रेस निकट हुन् । कांग्रेसले खेलकुद मन्त्रालयको नेतृत्व गरिरहदाँ जीवनराम श्रेष्ठलाई अध्यक्ष बनाउने वर्तमान कार्यसमितिमा अधिकांश कांग्रेस निकटकै खेल पदाधिकारीको बाहुल्यता छ । 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद महासंघले ओलम्पिक चुनाव अवैधानिक रहेको भन्दै निर्वाचन प्रकृयामा सरिक हुने सम्पुर्णलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसकै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक चुनावी प्रकृयामा सामेल हुने सम्पुर्ण खेलकुद संघ र तिनका पदाधिकारीलाई कारबाही गर्ने अडान लिएका छन् । मन्त्री चौधरीले नेपाल ओलम्पिक चुनावको निष्पक्ष छानविनका लागि अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्र लेखेका छन् भने अवैधानिक निर्वाचनबाट गठन गरिएको नेपाल ओलम्पिक कमिटीलाई तत्काल कारबाही प्रकृया अघि बढाउने जानकारी गराएका छन् । 

नेपाली खेलकुद र कांग्रेसको खेल राजनीतिमा प्रभावशाली मानिने दिपराज गुरुङ संलग्न तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणाले ओलम्पिकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित