• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिकमा पहिरो, उपाध्यक्ष राणाले दिए राजीनामा
खेलपाटी संवाददाता
बुधबार, पुस २४, २०८१ खेलपाटी संवाददाता
ओलम्पिकमा पहिरो, उपाध्यक्ष राणाले दिए राजीनामा

काठमाडौं । विवादीत बनेको नेपाल ओलम्पिक कमिटीको नयाँ निर्वाचनबाट बनेको कार्यसमितिमा पहिरो जान सुरु भएको छ । 

अवैधानिक तरिकाले जबर्जस्ती रुपमा अध्यक्ष जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट उपाध्यक्ष निर्वाचित प्रकाश शमशेर राणाले पदबाट राजीनामा दिएका छन् ।

अदालतमा विचाराधिन अपहेलनाको मुद्धा र सरकारले समेत कारबाहीको तयारी गरेपछि नेपाल तेक्वान्दो संघका अध्यक्ष समेतत रहेका राणाले पदबाट राजीनामा दिएका छन् ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीलाई गुमराहमा राख्दै जीवनराम श्रेष्ठले गराएको निर्वाचनबाट राणालाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

कानुनी जोखिम र सरकारको कारबाहीबाट बच्न राणाले पदबाट राजीनामा दिएको ओलम्पिक स्रोतले बताएको छ । 

नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले अदालतको सम्मान र सरकारको निर्देशन पालना गर्दै अध्यक्षले एनओसीको उपाध्यक्ष पदबाट राजीनामा दिएको खेलपाटीलाई बताए । 

'विधान अनुसारनै तेक्वान्दोबाट अध्यक्ष ओलम्पिक निर्वाचनमा सहभागी हुनभएको हो । अदालतले ओलम्पिकलाई विधान संशोधन सहित निर्वाचन रोक्न निर्देशन दियो । त्यो ओलम्पिकको विषय थियो, संघ वा प्रतिनिधिको विषय थिएन । तर अदालतको आदेश अनुसार खेलकुदको कार्यकारी निकायले निर्देशन दिएपछि त्यसको पालना गर्नुपर्छ भनेर अध्यक्षले राजीनामा दिनुभएको छ । उहाँको राजीनामालाई नेपाल तेक्वान्दो संघको बोर्ड बैठकले जानकारीमा लिएको छ ।' गुरुङले भने । 

गुरुङका अनुसार उम्मेदवारी मनोनयन गराएर राणा भारत गएका थिए । भारतमै रहदाँ उनी प्रकृयामा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । राणा भारतबाट फर्किएपछि अदालती आदेशको सम्मान र सरकारको निर्देशन पालना गर्दै ओलम्पिक उपाध्यक्षबाट राजीनामा दिएका हुन् ।

अदालतको आदेश र सरकारको निर्देशनको अवज्ञा गर्दै आईओसीलाई समेत गुमराहमा राखेर जीवनराम श्रेष्ठले अनलाईनबाट कर्मकान्डी रुपमा निर्वाचनको प्रकृया पुरा गरेका थिए । अन्तिम मतदान प्रकृयालाई निर्विरोध उपाध्यक्ष बनेका अनिल शर्मा र सदस्य मनिष जोशी सहित ७ जनाले वहिष्कार गरेका थिए ।

जीवनराम श्रेष्ठको अवैधानिक चुनावमा सहभागी बन्ने २७ संघलाई सरकारले स्पष्टिकरण सोधेर कारबाहीको तयारी गरेको छ । साथै अदालती आदेशको अवहेलनाको मुद्धालाई समेत प्राथमिकताका साथ अघि बढाउने तयारीको तयारी छ । 

आईओसीको सुझाव विपरित जबर्जस्ती गरिएको विधान संशोधन र अस्विकृत विधानमा टेकेर गरिएको निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको छैन । 

ओलम्पिकको उपाध्यक्ष पदबाट राजीनामा दिएका राणा नेपाली कांग्रेस निकट हुन् । कांग्रेसले खेलकुद मन्त्रालयको नेतृत्व गरिरहदाँ जीवनराम श्रेष्ठलाई अध्यक्ष बनाउने वर्तमान कार्यसमितिमा अधिकांश कांग्रेस निकटकै खेल पदाधिकारीको बाहुल्यता छ । 

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद महासंघले ओलम्पिक चुनाव अवैधानिक रहेको भन्दै निर्वाचन प्रकृयामा सरिक हुने सम्पुर्णलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसकै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक चुनावी प्रकृयामा सामेल हुने सम्पुर्ण खेलकुद संघ र तिनका पदाधिकारीलाई कारबाही गर्ने अडान लिएका छन् । मन्त्री चौधरीले नेपाल ओलम्पिक चुनावको निष्पक्ष छानविनका लागि अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्र लेखेका छन् भने अवैधानिक निर्वाचनबाट गठन गरिएको नेपाल ओलम्पिक कमिटीलाई तत्काल कारबाही प्रकृया अघि बढाउने जानकारी गराएका छन् । 

नेपाली खेलकुद र कांग्रेसको खेल राजनीतिमा प्रभावशाली मानिने दिपराज गुरुङ संलग्न तेक्वान्दो संघका अध्यक्ष प्रकाश राणाले ओलम्पिकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किइन् रेखा
स्वदेश फर्किइन् रेखा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP