मंगलबार, १२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपत्यकाको खाडलबाट ‘टाउको’ निकाल्दै नेपाल सुपर लिग

शनिबार, २० पौष २०८१खेलपाटी संवाददाता
उपत्यकाको खाडलबाट ‘टाउको’ निकाल्दै नेपाल सुपर लिग
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालमा हाल सञ्चालन हुने प्रमुख फुटबल लिग भनेकै ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल) हुन्। ‘ए’ डिभिजन लिग त परम्परागत रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्दै आएको छ, जबकि एनएसएल भने निजी क्षेत्रको पहलमा सन् २०१९ बाट सुरु भएको हो।

लिगको संरचना र स्तर बिस्तारै सुधार भइरहेको भए पनि यसको आयोजनास्थल भने अझै सीमित छ। काठमाडौं उपत्यकाको खाडलभन्दा बाहिर यी लिग विस्तार हुन नसकेको वास्तविकता हो। यसले नेपाली फुटबललाई देशव्यापी बनाउन सक्ने अवसर गुमाएको आभास हुन्छ। खेल स्थलको सीमिततामा दर्शकहरूको अभाव प्रमुख कारण होइन। नेपाली फुटबलका समर्थकहरू देशभर छरिएका छन्।

तर, यसलाई सम्भावनामा रूपान्तरण गर्न आयोजकहरूमा आवश्यक इच्छा शक्ति र योजना निर्माणको कमी देखिन्छ। यी बहसका बीचमा एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले भने काठमाडौंको खाल्टोबाट टाउको निकाल्दै प्रतियोगिता मोफसलमा पनि लाने संकेत देखाएको छ।

आगामी चैत्र (मार्च) देखि सुरु हुने लिग भने उपत्यकाबाहिर गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्ने काम भइरहेको एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले सुनाए। ‘यो तेस्रो संस्करणका लागि छिट्टै नै भेन्यु घोषणा गर्दैछौं। अहिले हामी दुई चार सहरको रेकी पनि गरिरहेका छौं,’ उनले खेलपाटीसँग भने। 

तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको एन्फाले चार वर्षे सम्झौता गर्दै सन् २०१९ जनवरीमा एनएसइएमलाई एनएसएल आयोजना गर्ने अधिकार सित्तैमा दिएको थियो। कोरोना महामारीको बेला आयोजना भएको लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरियो। महामारी भएको बेला भएर पनि त्यो आफैंमा बन्द रंगशालाभित्र गर्नु स्वाभाविक थियो। तर, दोस्रो संस्करणका केही खेल काठमाडौं उपत्यकाबाहिर लैजाने हल्ला एनएसइएमलले खुबै चलायो। तर, अन्तिम के मिलेन दशरथ रंगशालामै सीमित गरियो।

काठमाडौं उपत्यकाभन्दा बाहिर लिग विस्तार हुन नसक्दा देशभर नेपाली फुटबललाई लोकप्रिय बनाउने अवसर गुम्दै गएको छ। यो कुरा कार्की संयमले पनि बुझेका छन्। त्यसैले उनी अहिले जग हाल्ने तयारीमा मात्रै देखिएका छन्। इँटा थप्न भने केही समय लाग्ने उनको भनाइ छ। ‘अहिलेको स्थितिमा होम एन्ड अब गर्न धेरै वर्ष लाग्छ। तर, काठमाडौंबाहिरको एक सहरमा भने गर्न सकिन्छ। यो पालि चाहिँ काठमाडौंबाहेक अन्य एक सहरमा भने १०० प्रतिशत गर्छौं,’ उनले भने।

पहिलो संस्करण २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो, जसको उपाधि काठमाडौं रेजर्सले उचालेको थियो। २०२४ नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म भएको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो। दशरथ रंगशालामा आयोजित दुवै संस्करणको फाइनलमा धनगढी एफसी रोकिएका थिए। दोस्रो संस्करणको फाइनल खेल हेर्न १५ हजारभन्दा बढी दर्शक रंगशाला नै पुगेका थिए। कति भने टिकट नपाएर खाली हात फर्किन परेको थियो।

त्यसैले लिगको आयोजनालाई देशव्यापी बनाउने प्रयासले काठमाडौं उपत्यकाभन्दा बाहिर पनि फुटबलको यही लोकप्रियतालाई बढाउने अपेक्षा गरिन्छ। यद्यपि, यो लक्ष्यमा पुग्न अझै समय र योजनाबद्ध प्रयास आवश्यक रहेको कार्की औंल्याउँछन्।

पूरा भिडियो

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने