शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नितुको नेतृत्वमा बाँके जिल्ला महिला फुटबल समिति गठन

सोमबार, पुष १५, २०८१खेलपाटी संवाददाता
नितुको नेतृत्वमा बाँके जिल्ला महिला फुटबल समिति गठन
Classic Tech Internet Ad

नेपालगन्ज । नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा पुर्व फुटबल खेलाडी नागिन देवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । । 

महिला फुटबलको विकासको लागि काम गर्ने उद्देश्यले महिला समिति गठन गरिएको शाहीले जनाए ।

उनले भने,‘बाँकेमा महिला फुटबलको इतिहास गर्विलो छ । यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टिमको समेत नेतृत्व गर्ने अवसर पाएका छन् । तर पछिल्लो समय महिला खेलाडीहरुले धेरै अवसर पाउनु भएको छैन । महिला फुटबलको विकासमा समितिलाई सक्रिय बनाउँदै फुटबलको स्तर बढाउने उद्देश्यले समिति गठन गरिएको हो ।’

समितिमा अध्यक्षको जिम्मेवारी पाएकी नितु शाह चन्द महिला उद्यमी संघ नेपाल बाँकेको सचिव तथा पुर्व खेलाडी हुन् । वरिष्ठ उपाध्यक्ष नागिन बाँके जिल्ला फुटबल संघको पुर्व उपाध्यक्ष एवम् पुर्व खेलाडी हुन् । महासचिव सुमित्रा पनि यस क्षेत्रको चर्चित खेलाडी हुन् । सुमित्रा र नागिनले तत्कालिन मध्यपश्चिम, भेरी र बाँके जिल्लाको टिमको प्रतिनिधित्व गर्दै फुटबल खेलेका थिए ।  

महिला फुटबल खेलाडीलाई नयाँ अवसर दिलाउँदै फुटबलको विकासमा सक्रिय भएर सामुहिक भावनाले काम गर्ने नितु शाह चन्दले बताईन् । उनले भनिन्,‘यो हाम्रो लागि महत्वपुर्ण अवसर हो । यसका लागि बाँके जिल्ला फुटबल संघलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । फुटबलको विकासमा सबैसँग सहकार्य गरेर नयाँ उपलब्धी हासिल गर्न समितिले योजना बनाएर काम गर्नेछ ।’

यसैगरी बाँके जिल्ला फुटबल संघले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको लागि टिम तयारी सुरु गर्ने निर्णय गरेको छ । आगामी फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता हुँदैछ । प्रतियोगितामा बाँके जिल्लाको टिमलाई सहभागि गराउनको लागि तयारी सुरु गर्ने संघले निर्णय गरेको छ ।  
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’