बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिकमा गाईजात्रा : अब १० जना उपाध्यक्ष !

आइतबार, १४ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिकमा गाईजात्रा : अब १० जना उपाध्यक्ष !
mustang rice ad

काठमाडौं। अदालत, सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई छल्दै जीवनराम श्रेष्ठले गठन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) मा उपाध्यक्षको संख्या १० पुगेको छ।

अदालतको आदेश, सरकारको निर्देशनविपरीत आफू अनुकूलका प्रतिनिधि छनोट गरी शनिबार सम्पन्न गरिएको निर्वाचनबाट सात उपाध्यक्षलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। 

आइओसी र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) को प्रतिनिधि बेगर जीवनराम श्रेष्ठले शनिबार निर्वाचन सम्पन्न गरेका थिए। आफूलाई अध्यक्षमा घोषणा गरेको भोलिपल्ट बोर्ड बैठक राखेर जीवनरामले तीन उपाध्यक्षलाई थप गरेका हुन्। 

आइतबारको बोर्ड बैठकबाट नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र नेपाल भारोत्तोलन संघका मानार्थ अध्यक्ष रतनकुमार टण्डनलाई मानार्थ उपाध्यक्षको रूपमा मनोनीत गरिएको छ। 

आइओसीमा २७ संघको प्रतिनिधित्व रहेको छ। २७ जना प्रतिनिधि रहेको एनओसीमा १० जना त उपाध्यक्ष मात्र बनेका छन्। पद बाँडेर नेतृत्वमा टिक्ने पुरानै रणनीतिअनुसार जीवनरामले सबै प्रतिनिधिलाई खुसी बनाउन उपाध्यक्षको संख्यालाई १० पुर्‍याएका हुन्। 

उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनरामले संशोधन गरेको विधानले सात उपाध्यक्षको व्यवस्था गरेको छ। जुन संशोधित विधानलाई आइओसीले अहिलेसम्म स्वीकृति प्रदान गरेको छैन। आइओसीले विधान स्वीकृति नगर्दै घोषणा गरिएको अवैधानिक चुनावबाट सात उपाध्यक्षमा ज्योति राणा, अशोकरत्न बज्राचार्य, चतुरानन्द राजवैद्य, गोपालसुन्दरलाल कक्षपति, प्रकाशशमशेर राणा, दावा गुरुङ र अनिलप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका थिए। 

उपाध्यक्षमा उम्मेदवारी दिएका दीपकहर्ष र तुलसालाई उम्मेदवारी फिर्ता गर्न लगाएर बाँकी सबैलाई निर्विरोध विजयी घोषणा गरिएको थियो। निर्विरोध उपाध्यक्ष घोषित अनिलले अदालतको आदेश पालना गर्ने भन्दै शनिबारको मतदान प्रक्रियालाई बहिष्कार गरेका थिए।

नेपाल कबड्डी संघको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधि बनेका अरविन्दकुमार झालाई बाहिर राख्दै तुलसालाई प्रतिनिधि बनाउने काम जीवनरामले गरेका थिए। उनै तुलसालाई उपाध्यक्षमा उम्मेदवारी दिन लगाएर सर्वसम्मत बनाउने नाममा फिर्तासमेत गर्न लगाएका थिए। 

अवैधानिक तरिकाले जबरजस्ती एनओसीको निर्वाचन गराएका जीवनरामलाई सहयोग गर्ने खेल संघलाई अब अप्ठ्यारो पर्ने भएको छ। सरकारले एनओसी निर्वाचनमा सहभागी बनेका २० खेल संघलाई विघटन गर्नेसम्मको तयारी गरेको छ। पदको लोभमा अदालतको अवहेलना गरेको भन्दै एनओसीको नवनिर्वाचित पदाधिकारीमाथि आरोप लागेको छ। 

LiNing Ad
#ओलम्पिकमा जाईजात्रा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार