काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधिसँगै जनकपुर बोल्ट्सले एक करोड १० लाख हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उक्त रकम हात पारेको हो। यो नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो।
यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो। यता, उपविजेता सुदूरपश्चिमले भने ५१ लाख रुपैयाँमा चित्त बुझायो।