बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जैब र विनोदको शतकीय साझेदारीमा जनकपुरलाई विशाल लक्ष्य

शनिबार, पुष ६, २०८१खेलपाटी संवाददाता
जैब र विनोदको शतकीय साझेदारीमा जनकपुरलाई विशाल लक्ष्य
Classic Tech Internet Ad

काठमाडौं। ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। यो निर्णय सुदूरपश्चिमका लागि फलदायी रह्यो। सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८४ रन बनायो।

पहिलो पावरप्लेमा कुनै विकेट नै नगुमाई  सुदूरपश्चिम ४८ रन बनाउन सफल भएको थियो। जनकपुरले दुई मेडन आफैंसँग राख्दा पनि सुदूरपश्चिमलाई रोक्न सकेन। अझ जैबले आक्रामक ब्याटिङ देखाउँदै ३३ बलमै अर्धशतक पूरा गरे। 

एनपिएलमा यो उनको दोस्रो अर्धशतक हो। यसअघि लिग चरणमा उनले लुम्बिनी लायन्सविरुद्ध ९० रन बनाएका थिए। १२औं ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीबाट क्याच ६९ रनमा क्याच हुनुअघि उनले दुईपल्ट जीवनदान पाए। उनले ४३ बलमा आठ चौका र दुई छक्का प्रहार गरे।

पहिलो विकेटका लागि उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरे। एक समय सुदूरपश्चिमले २०० रन बनाउने संकेत देखाएको थियो। तर, उनी आउट भएसँगै सुदूरपश्चिमले तीन ओभरमा तीन विकेट गुमायो। ३१ बलमा एक चौका र तीन छक्कासहित ४१ रन बनाएका विनोदलाई ललितले बोल्ड गरे। ब्रान्डन म्याकमुलन र हर्मित सिंह समान १४ रनमा पभिलियन फर्किए।

त्यसपछि क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरी नौ, आरिफ शेख एक र नरेश बूढाऐर आठ रनमा क्याच आउट भए।

जनकपुरका मोहम्मद मोहसिन र किशोरम महतोले समान तीन विकेट लिए। जिमी निसम र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि