काठमाडौं। सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुरविरुद्ध बोल्ट्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। यो निर्णय सुदूरपश्चिमका लागि फलदायी रह्यो।
पहिलो पावरप्लेमा सुदूरपश्चिमले कुनै विकेट नै नगुमाई ४८ रन बनाउन सफल भयो। जनकपुरले दुई मेडन आफैंसँग राख्दा पनि सुदूरपश्चिमलाई रोक्न सकेन। अझ जैबले आक्रामक ब्याटिङ देखाउँदै ३३ बलमै अर्धशतक पूरा गरे। त्यसक्रममा उनले पाँच चौका र दुई छक्का प्रहार गरे।
एनपिएलमा यो उनको दोस्रो अर्धशतक हो। यसअघि लिग चरणमा उनले लुम्बिनी लायन्सविरुद्ध ९० रन बनाएका थिए। उनले अर्का ओपनर विनोद भण्डारीसँग १० ओभरमा ९७ रनको साझेदारी गरिसकेका छन्।