काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुरविरुद्ध आक्रामक सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। यो निर्णय सुदूरपश्चिमका लागि फलदायी रह्यो।
पहिलो पावरप्लेमा सुदूरपश्चिमले कुनै विकेट नै नगुमाई ४८ रन बनाउन सफल भयो। जनकपुरले दुई मेडन आफैंसँग राख्दा पनि सुदूरपश्चिमलाई रोक्न सकेन।