काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन्। योसँगै उनले जनकपुर बोल्ट्सलाई पहिला फिल्डिङको निम्तो दिएका छन्।
सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो। क्वालिफायर १ मा पनि जनकपुरमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा पुगेको हो।
यता, जनकपुरले भने सुदूरपश्चिमसँग तेस्रो भेट पक्का गर्न घुमाउरो बाटो तय गर्नुपर्यो। बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो।