काठमाडौं। चर्च बोइज युनाइटेड झापा कपको उपाधिनजिक पुगेको छ।
बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा सिरहाको सलहेस युवा क्लबविरुद्ध १–० को जित निकाल्दै चर्च बोइजले फाइनलको यात्रा तय गरेको हो।
चर्च बोइजको जितमा अर्मान्ड बिडोमले गरेको गोल निर्णयक बन्यो। उनले ८१औं मिनेटमा गोल गरेका थिए। शनिबार दोस्रो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब सुनसरी र न्युरोड टिम (एनआरटी) भिड्ने छन् ।