काठमाडौं। नेपाली यु–१९ टोलीले हङकङसँगको एकदिवसीय शृंखला ह्वाइट वास गरेको छ। शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा १३० रनको जित निकाल्दै नेपालले ३–० ले शृंखला आफ्नो पक्षमा पारेको हो।
नेपालले पहिलो खेलमा तीन विकेटको जित हासिल गरेको थियो। दोस्रो खेलमा २२६ रनको फराकिलो जित हात पार्दै शृंखला घरमै सुरक्षित राखेको थियो।
नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो।
हङकङका प्रीत मान्गुकियाले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ८७ बल खेलेका उनले सात चौका प्रहार गरे।
कप्तान शिव माथुरले १९ रन बनाउँदा अब्दुल समादले २३ रन बनाए।
नेपालकाअभिशेख तिवारी र अफ्रुदिन राइनले २/२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा १० विकेट गुमाउँदै २६५ रन बनाएको थियो।
नेपालका सुर्यांशु कोइरालाले सर्वाधिक ६० रन बनाए। त्यस्तै, कप्तान अभिशेख तिवारीले ५६ रन बनाउँदा सन्तोष यादवले नटआउट ५३ रन बनाए। हङकङका ड्यानियल म्याप, पार्थ श्रीवास्तव, शायन पुरी र प्रीत मंगुकियाले २/२ विकेट लिए।